back
prabhu bank
sanima relaince life

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

474 

shares
prabhu bank
sanima relaince life

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यस दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको हो । यस अन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत तल उल्लेखित थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरु पाउनेछन् ।

बैंक एपबाट रियल टाइममा नै ८ लाख रुपैयाँसम्म मुद्धती धितोे कर्जाको सुविधा पाउन सकिने भएको छ । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमानै पहिलो बैंक बनेको छ ।

साथै, अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा, आफुले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने सुविधा लगायत ग्रााहकले स्वयमले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा पाउन सकिने भएको छ ।

यस एपको शुरुवात सँगै ग्राामीण तथा अर्ध¬सहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...