back
prabhu bank
sanima relaince life

‘सुपर सोको’ इलेक्ट्रिक बाइक तथा स्कुटर शोरुम खुल्यो, ललितपुरको ग्वार्कोमा

1.8K 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । ललितपुरको ग्वार्कोमा इलेक्ट्रिक बाइक र स्कुटरका लागि कोरबिग मोटर प्रालिले डिलर तथा शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा यो ब्राण्डको इकलेक्ट्रिक मोटर साइकलको यो तेस्रो डिलर हो। यसअघि लाजिम्पाट र लगनखेलमा शोरुमहरू खुलेका छन् ।

ग्वार्कोमा रहेको यो डिलरको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका हुन्। नेपालको भुगोल सुहाउँदो तरिकाले डिजाइज गरिएको यस्ता साधनले पेट्रोलियम खपतमा सहयोग पुग्ने मन्त्री ज्वालाले बताए।

यहाँ सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको टीसी म्याक्स बाइक, सुपर सोको टीसी बाइक र सुपर सोको टीएसएक्स बाइक छन्।

रिमोट की, वार्निङ साइन, एन्टीथेफ्टलगायतका आधुनिक फिचरहरू राखिएका यी बाइकहरूको ब्याट्रीमा ३ वर्षको वारेन्टी तथा मोटरमा २ वर्षको वारेन्टी छ। त्यस्तै यी मोटरसाइकलहरूमा फूल एलइडी लाइट्स, आर्कषक एलइडी डिआरएलसहितको हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ठूलो बुट स्पेस, डबल डिस्क ब्रेकलगायतका फिचरहरू पनि छन्। त्यस्तै कतिपय मोटरसाइकलमा रिभर्स फिचरहरू पनि राखिएका छन्।

यी मोटर साइकलका ब्याट्रीहरू सामान्य विद्युत खपतमा घरमै पनि चार्ज गर्न सकिन्छ। करिब ३ घण्टामा पूर्ण चार्ज भएको ब्याट्रीबाट करिब १०० किलोमिटर जति गुडाउन सकिन्छ।

सञ्चालक रुद्र दाहालका अनुसार यसअघि यही समूहले इटहरीमा पनि यस्तै शोरुम सञ्चालनमा ल्याइसकेको छ। उनका अनुसार यी मोटर साइकल तथा स्कुटरहरू खरिद गर्दा बैंकहरूबाट फाइनान्स सुविधाहरू पनि उपलब्ध छन्। नेपाली बजारमा यी मोटर साइकल तथा स्कुटरका मूल्य २ लाख ५० हजारदेखि ५ लाख ५० हजारभन्दा माथि छन्।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...