back
prabhu bank
sanima relaince life

संगीतको बगैंचामा बैशालु फूलको बहार (भिडियो सहित)

2.4K 

shares
prabhu bank
sanima relaince life

गणेश शर्मा,
काठमाडौं, श्रावण १७ । गीत संगीत एउटा बगैंचा हो । यसमा अनेकन फूलहरु(गीतहरु)फूल्ने गर्दछन्। यहि बगैंचामा एउटा सुन्दर फुलको रुपमा केहि दिन अगाडि एउटा गीत सार्वजनिक भयो “बैशालु फूल“ । नवगायिका दिपिका पौडेल र मौलिक लोक गायन क्षेत्रमा आफ्नो अब्बलता प्रमाणित गरेका गायक कृष्ण समीप सुवेदीको आवाजमा यो गीत सार्वजनिक भएको हो । गीतमा आवाज भर्ने दिपिका निकै संघर्षबाट यो स्थानमा आएकि हुन् । आएकी छिन् ।

पर्वतको मोदि गाउँपालिकामा जन्मिएकी उनी सानैदेखि गीतसंगीतमा रुचि राख्ने, स्कुल तथा सामाजिक संघसस्थाको आयोजनामा हुने हरेक कार्यक्रम होस या प्रतियोगितामा आफ्नो आवाज तथा नृत्य प्रस्तुत गर्थिन् ।आफ्नो गीत संगीत प्रतिको लगाबलाई निरन्तरता दिने सपना बोकेर २०७५ सालमा काठमाडौं छिरेकि थिइन् । उनले अनेकन समस्याका बाबजुद आफ्नो गीत गाउने इच्छालाई पुर्णता दिन शिव हमालको शब्द- संगीतमा “लैनो भैसी“ बोलको पहिलो गीत गरिन्,  तर गीत चलेन र लगानि डुब्यो । तर उनको गीत गाउने इच्छा झन दिन प्रतिदिन बढ्दै गयो तर सोचेजस्तो भएन । उनि सहि समयको प्रतीक्षामा थिइन् ।

एकदिन उनको भेट आफ्नै गृह जिल्ला पर्वतका चर्चित कलाकार,संगीतकार,सञ्चारकर्मी कृष्ण समीप सुवेदी सँग भयो । आफ्नै स्थानीय भुगोललाई माया गर्ने सुवेदीले आफ्नै भुगोलले जन्माएकी चेलीलाई सहयोग नगर्ने कुरै भएन । सुवेदीले आफ्नै लय-शब्दमा धौलागिरी क्षेत्रलाई सम्बोधन गरेको पन्चेबाजा गीत “सलल काली गङ्गा“ बोलको गीतमा आवाज भर्न लगाएर दिपिकाको सांगीतिक यात्रालाई बलियो साथ दिए । यसको सफलताले दिपिकालाई फेरि अर्को गीत गर्ने ढाडस मिल्यो ।

त्यसपछि पुन सुवेदीकै शब्द,संगीतमा अर्को छुट्टै मौलिकता बोकेको माया-प्रेममा आधारित गीत “बैशालु फूल“ गर्ने निर्णय भयो । केहि समय अगाडि कृष्ण समिप सुवेदी युटुब च्यानलबाट सार्वजनिक गरिएको “बैशालु फूल“नामक गीतमा कृष्ण समीप र दिपिकाले आवाज भरेका छन भने कृष्ण समीपकै शब्द,संगीत रहेको छ । गीतमा संगीत संयोजन कृष्ण केसीले गरेका छन। गीत प्रीज्मा रेकर्डिङमा रेकर्ड गरिएको गीतको मिक्सिङ मास्टरिङ् श्यामश्वेत रसाइलीले गरेका छन । गीतमा मुकेश नेपालीको भिडियो निर्देशन रहेको छ ।

कृष्ण समीप,दिपिका,रजनि गुरुङ तथा बाल कलाकार सिम्रन खरेलको अभिनयले गीतलाई न्याय गरेको देखिन्छ । अहिले लोकदोहोरी क्षेत्रमा फैलिएको बिकृतीलाई धक्का दिने गरि नै यस गीतले बजार ततायो । मौलिक, गाउन सरल तथा रमाइलो कथाबस्तुलाई भिडियो मार्फत सार्वजनिक गरिएको हुनाले पनि सबैको मन, मस्तिष्क र ओठमा यो गीतले अड्डा जमाउन सफल भएको छ ।यस गीतका गायक तथा संगीतकार कृष्ण समीप भन्छन “संस्कार बिग्रे संस्कृती नासिन्छ प्रकृती बिग्रे संसार नासिन्छ त्यसैले संस्कृती र प्रकृती दुबै जोगाउन आबश्यक छ ।“


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...