back
prabhu bank
sanima relaince life

विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो

678 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ ।

इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ ।

ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन रहिआएको छ । यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् ।

आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएकोे छ । यो पर्वका बेला हैसियत हुने मुस्लिम हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् भने अन्यले आफ्नो घरमा जनावरको कर्बानी९ बलि० दिने गर्दछन् ।

उक्त कुर्बानीको मासु तीन भाग लगाएर एक भाग आफ्नो परिवार, अर्को भाग छिमेकी तथा इष्टमित्र र अर्को एक भाग गरीब तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।

यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायले आफन्तजनसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्नाका साथै युवायुवती, केटाकेटी विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेयपदार्थ खाएर रमाइलो गरेका छन् । यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी९बलि०को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालमा नराख्न सबैलाई आग्रह गर्नु भएको छ ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...