back
health 2
aids

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण

234 

shares

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ ।

शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन् ।

उनीहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गरेका छन् । ‘पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्टसमेतको पूर्वाधार उपलब्ध छ । प्रभावकारी ढङ्गबाट सुचारु हुन सकेको छैन’, ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘भूकम्पले बन्द नाका र कोरोना महामारीको कारण थलिएको व्यापारिक क्षेत्रका व्यवसायीको आर्थिक पुनःभरणका विशेष कार्यक्रम अघि बढाइयोस् ।’ अर्थमन्त्रीले आफू यसमा सकारात्मक रहेको र पहल जारी रहने बताएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।

 


मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका...

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग...

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्य साई वृद्धाश्रमलाई...

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेसले विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १०...

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा...

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौँ। राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण...