back
sanima relaince life

क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई आग्रह

762 

shares
sanima relaince life

खोटाङ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ । गृह मन्त्रालयबाट यही पुस २२ गते प्राप्त पत्रको आधारमा जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो ।

स्थानीय तहलाई लेखिएको पत्रमा व्यावसायिक क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ कुन–कुन स्थानमा उत्खनन भइरहेका छन् भन्ने यथार्थ विवरण सात दिनभित्र अनिवार्य बुझाउन समयसीमा तोकिएको छ । समितिको बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खननको अवस्था अनुगमन गर्ने अधिकार प्रहरी प्रशासनलाई दिने निर्णय गरेको समितिले जनाएको छ ।

क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरे नगरेको खुलाउन निर्देशन दिइएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए । ‘जिल्लाका अधिकांश क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन भएको पाइएको छ’, उनले भने, ‘आगामी दिनमा नियमन गर्ने उद्देश्यले हरेक स्थानीय तहमा कार्यदल गठन गर्दै अनुगमनलाई चुस्त तथा दुरुस्त बनाउन पत्रमार्फत आग्रह गरिएको छ ।’

जिल्लामा कति क्रसर उद्योग सञ्चालनमा छन् भन्ने अहिलेसम्म कुनै निकायसँग यथार्थ विवरण भेटिएको छैन । जिल्ला प्रशासन कार्यालय खोटाङले पुस–२४ गते गृह मन्त्रालयमा पठाएको पत्रमा दुईवटा क्रसर उद्योग सञ्चालनमा रहेको र एउटाले सञ्चालनका लागि अनुमति लिएको उल्लेख छ ।

प्रशासनले पठाएको पत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र सोही नगरपालिकाको वडा नं ४ खाल्लेमा क्रसर उद्योग सञ्चालन रहेको भनिएको छ । नेर्पामा प्रतिज्ञा निर्माण सेवा एण्ड सप्लायर्स र खाल्लेमा खोटाङ हलेसी कन्ट्रक्सन प्रालिको नाममा क्रसर उद्योग सञ्चालनमा रहेको भेटिएको जिल्ला प्रशासन कार्यालय खोटाङका शाखा अधिकृत भूपेन्द्र राईले बताए ।

नेर्पामा व्यावसायिक तथा खाल्लेमा दिक्तेल–आहाले सडक कालोपत्र प्रयोजनमा क्रसर उद्योग खोलिएको गृह मन्त्रालय पठाइएको पत्रमा खुलाइएको छ । उता, केपिलासगढी गाउँपालिकाले १५ शैंयाको अस्पताल निर्माणका लागि क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको पाइएको प्रशासनका शाखा अधिकृति राईले जानकारी दिएका छन् ।

जिल्लाका अन्य स्थानीय तहमा धेरैवटा क्रसर उद्योग सञ्चालनमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रका लागि दिप्रुङ चुइचुम्म गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवामा एउटा क्रसर उद्योग सञ्चालनमा रहेको जनाइएको छ ।

विशेष गरी, दूधकोसी, सुनकोसी, रावाखोला, सावाखोला, साप्खुखोलालगायतका ठाउँबाट नदीजन्य पदार्थ उत्खनन हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । खानीजन्य उत्खनन भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं २ सोल्मा, वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा भइरहेको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननमा जिल्लाका केही स्थानीय तहले कर ९शुल्क० उठाउने गरेका छन् ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...