back
prabhu bank
sanima relaince life

लुम्बिनीको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यको उम्मेदवारी हुने

858 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने भएका छन् ।

आज बिहानमात्र कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यको नाम टुंगो लगाएको हो । आचार्य रोल्पाका पूर्व सभापति समेत रहेका हुन ।

प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर उनले आज बुधबार मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीका अनुसार आज दिउँसो १ देखि २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुने निर्वाचनमा सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिने भएका छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने निश्चित भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४र४, जसपा, लोसपा र जनमतले ३र३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १र१ र स्वतन्त्रबाट २ जनाले जित हासिल गरेका छन् ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...