back
chandagiri nagarpalika

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

282 

shares

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् ।

पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।

गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।

रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...