back
himalayan bank

नामलेभन्दा कामले सफल सर्जक सिवाकोटी

156 

shares
nicasia bank

काठमाडौं । नेपाली गीत/संगीत क्षेत्रमा राजनराज सिवाकोटी स्थापित र चर्चित नाम हो । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर १, डाँडाबारीमा जन्मेका सिवाकोटी गायनबाट नेपाली गीत/संगीत प्रवेश गरेका सफल सिर्जनाका गुमनाम व्यक्ति भनेर पनि चिनिन्छन् । गीतकार, संगीतकार र गायन तिनै विधामा उत्तिकै दख्खल भएका सर्जक हुन् राजनराज सिवाकोटी ।

सिवाकोटी गायन क्षेत्रबाट प्रवेश गरेर दिनेश डि.सी, नविन के भट्टाराई, अनिल सिंह, सुगम जी, राजु परियार, बिष्णु माझीलगायत चर्चित गायकहरूसँग सहकार्य गर्दै सिनेमा क्षेत्रमा प्रवेश गरेका सफल गीत/संगीतकार हुन् । शिवाकोटी नेपाली साँस्कृतिक क्षेत्रमा इतिहास रच्ने स्रष्टा मात्र नभएर सम्भवत नेपालमा पहिलो पटक सबैभन्दा धेरै हेरिएको सुर्के थैली खै र धेरै सुनिएको कुटुमा कुटु यूटुव च्यानलमा १ करोड क्लबमा प्रवेश गर्ने गीतको स्रष्टा पनि हुन् ।

संगीतकारसँगै गीतकारको रूपमा करोडौ क्लबमा प्रवेश गरेको शिवाकोटीको लोक बेसको ‘नेपालकी छोरी हुँ म’ सबैभन्दा धेरै रूचाइएको गीत हो। गीत/संगीतमा खासै भविष्य नदेखेर काठमाडौंबाट गाँउ फर्केका शिवाकोटी क्लासिक एफ.एमको एक कार्यक्रममा मायालु आउने जाने बाटोमा बोलको गीत छैटौं नम्बमा परेको सुनेपछि दोलखाबाट रातारात काठमाडौं आएको खुसी सुनाउछन्।

गीत/संगीतमा लामो समय टिक्नको लागी नेपाली माटो, सगन्ध र मौलिकतालाई समेटियो भने तुलानात्मक रूपमा त्यसको आयु लामो हुने बताउने शिवाकोटीले पछिल्लो समय गाँउबाट सहर पस्दाको अनुभवसँग मेल खाने गीत मेरो बालापन भर्खरै मात्र सार्वजनिक भएको बताए । गीत, संगीत र गायन तिनै विधामा उत्तिकै दख्खल राख्ने सर्जक सिवाकोटी नामले भन्दा कामले सर्वत्र चर्चाको शिखर चुम्न सफल छन् ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...