back
prabhu bank
sanima relaince life

टर्की भूकम्पमा २३ हजारभन्दा बढीको मुत्यु

492 

shares
prabhu bank
sanima relaince life

इस्तानबुल । टर्कीमा आएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २३ हजार सात सय पुगेको छ ।

दक्षिणी टर्कीमा गत सोमबार गएको दुई वटा शक्तिशाली भूकम्पमा परी टर्कीमा हालसम्म २० हजार २१३ जनाको मृत्यु भएको छ । टर्कीमा ८० हजार बढी मानिस घाइते भएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा थप ६७ जनाको सकुशल उद्धार भएको उपराष्ट्रपति फएत ओक्तयले जानकारी दिएका छन् । उक्त भूकम्पका कारण उत्तरी सिरियामा भने हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय पुगेको सिरियाली अधिकारीहरुले बताएका छन् ।

टर्कीमा उद्धार तथा खोजी कार्यमा करिब एक लाख ६० हजार उद्धारकर्मी परिचालन गरिएको विपद् तथा आपतकालीन व्यवस्थापन निकायले जानकारी दिएको छ । जसमा ७ हजार ७१६ विदेशी उद्धारकर्मी पनि सम्मिलित रहेका छन् ।

संयुक्त राष्ट्र संघले सिरियामा ५३ लाख मानिस घरविहीन अवस्थामा रहेको जनाएको छ । साथै टर्की र सिरियामा करिब ९ लाख मानिसका लागि तत्काल तातो खानाको आवश्यकता रहेको जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले हिमपातका कारण अत्यधिक चिसो रहेको र भूकम्प पीडितहरुका लागि कष्टकर अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सिरियाले आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको भूकम्प प्रभावित क्षेत्रमा मानवीय सहायताको लागि अनुमति प्रदान गरेको छ ।

यसैबीच, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० ले टर्की र सिरियालार्ई साढे ८ करोड अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...