back
prabhu bank
sanima relaince life

पशुपन्छीको कल्याणका लागि एनिमल नेपालको अभियान

564 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । ‘एनिमल नेपाल’ संस्थाले अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको लागि अभियान सञ्चालन गर्दै आएको छ । संस्थाले पशुकल्याण अभियानका लागि भनेर यही फागन १ गते सोमबार पत्रकार अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रम काठमाडौं बबरमहल ‘रि’भिजिटस्थित मुलचोक रेष्टुरेन्टमा सम्पन्न गरिएको हो । सो कार्यक्रममा पशुपन्छी कल्याणले विश्वव्यापी मान्यता पाएसँगै नेपालमा पनि अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको लागि पिँजडामुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो ।

पशुपन्छीलाई दुःख, पीडा र मानव सिर्जित त्रूmर्रताबाट छुट्कारा दिनुपर्ने लक्ष्यका साथ सन् २००९ मा ‘एनिमल नेपाल’को स्थापना गरिएको थियो । सो लक्ष्य प्राप्त गर्न एनिमल नेपालले पशुपन्छीको उद्दार, विभिन्न अनुसन्धान तथा चेतनामुलक अभियानहरु सञ्चालन गर्दै आएको छ । ‘एनिमल नेपाल’ स्थापना भएपश्चात् हजारौं सामुदायिक कुकुर र जनावरको उपचार तथा उद्दार गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी सो संस्थाले पशुकल्याणका लागि सामाजिक शिक्षा प्रदान गरी मानिसको मनोवृत्तिमा परिवर्तन ल्याउन सफल भएको देखिन्छ । भैंसी, राँगा, खसी, बोका, कुखुराजस्ता मासुजन्य घरपालुवा पशुपन्छीहरुलाई पालपोषण तथा ढुवानीसँग सम्बन्धित विभिन्न समस्याबाट मुक्त गराउन अभियान चलाएको छ । ती मासुजन्य पशुपन्छीहरु जीवनमा गरिदिने विभिन्न पीडाजन्य परिस्थितिको निराकरणका लागि एनिमल नेपाल लागिपरेको बताइन्छ ।

एनिमल नेपालले पशुपन्छीहरुको जीवनदेखि मृत्युसम्म महसुस गर्ने शारीरिक तथा मानसिक पीडालाई अर्थपूर्ण रुपमा हेरी उनीहरुको कल्याणका निम्ति अभियान सञ्चालन गर्दै आएको कार्यक्रममा प्रकाश पारिएको छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...