सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न
438
shares
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा अनमोल बैंक्वेट, नयाँबानेश्वर, काठमाण्डौंमा सम्पन्न भएको हो । सभा कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सञ्चालन भएको सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका हुन् ।
कम्पनीको सातौं वार्षिक साधारण सभाले संचालक समितिकोतर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०७९÷८०वार्षिक प्रतिवेदन सहित साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि का आ.व. २०७९÷८० को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीयविवरण पारित गरेको छ ।
साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,१८,४०,००,०००।– को १८.३८११ प्रतिशतका दरले हुने रकम रु.७६,९०,६५,२२४।– बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी आ.व.०८० -८१ को लागि लेखापरीक्षकनियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । साथै सञ्चालक समितिमा संस्थापक समुहको तर्पmबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गरेको हो ।
मन्तव्यकै क्रममा अध्यक्ष केडियाले प्रचलित कानून तथा नियमनकारी निकायबाट जारी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै व्यवसाय सञ्चालन गरी संस्थालाई प्रतिस्पर्धी र सबल बनाउन संस्थागत सुशासन, पारदर्शिता, प्रणालीगत विकास, बिमीत केन्द्रित योजना र व्यवसाय उत्प्रेरीत तथा प्रेरणा केन्द्रित अभिकर्ता प्रोत्साहन योजना अवलम्बन गरी कारोबार सञ्चालन गर्ने, प्रचलितकानूनको अधिनमा रही उच्चस्तरीय प्रविधिप्रयोग गरी सेवा प्रदान गर्ने, डिजीटल भुक्तानीको विकास गर्ने कम्पनीको नीति रहेको जानकारी गराए ।
कम्पनीका प्रमुखकार्यकारी अधिकृत शिवनाथ पाण्डेले विश्व बजारमा आएको मन्दी, अन्तर्राष्ट्रिय रुपमा विभिन्न राष्ट्रहरु बिच रहेको कलह तथा भिडन्त, कोभिडको अवशेष यथावतै रहेको, लगानीकाअवसरहरु खुम्चिंदै गएको,लगानीकर्ताको मनोबलमा गिरावट, कर्जा माग मागिरावट, न्यूनब्याजदर प्रतिफल, जनमानसमा घट्दो क्रय शक्तिआदीको प्रत्यक्षवा परोक्ष असरबाट बीमा व्यवसायमा थपिएको चुनौती बीच पनि कम्पनीका आर्थिक सूचकांकहरु सकरात्मक नै रहेका, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी भुमिका, सञ्चालक समितिको अभिभावकिय भुमिका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको व्यहोरा उल्लेख गरे ।
वि.सं.२०८१ असोज २४ बिहीवार १२:२४