back
prabhu bank
sanima relaince life

अर्थमन्त्रीलाई नासुको एसएमएस – ‘न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ न कार्यालय जान’

684 

shares
prabhu bank
sanima relaince life

काठमाडौँ । ‘मन्त्रीज्यू नमस्कार, म एक जना हेपिएको नासु परेँ। नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ न कार्यालय जान,’ नायब सुब्बा स्तरका कर्मचारीले अर्थमन्त्री जनार्दन शर्मालाई मङ्गलबार पठाएको एसएमएस सन्देशको बेहोरा हो यो।

पछिल्लो पटक सार्वजनिक भएको तलबमानमा असन्तुष्टि जनाउँदै विरोध सुरु गरेका नायब सुब्बाले एसएमएस मात्र पठाएनन् दिनभरजसो सिंहदरबारमा विरोध पनि जनाए। सोमबार ‘पेनडाउन’ गरेका कर्मचारीले मङ्गलबार बिदा नै लिएर सिंहदरबारभित्र विरोध कार्यक्रम आयोजना गरेका थिए।

आइतबार सार्वजनिक भएको तलबमानमा निजामतीतर्फका शाखा अधिकृतदेखि सचिवसम्मको तलब बजेटले घोषणा गरेभन्दा बढी भएको बाहिरिएपछि नायब सुब्बाहरू आन्दोलनमा छन्। उक्त तलबमानमा शाखा अधिकृतको २४ प्रतिशतसम्म तलब बढेको छ तर बजेटमा १५ प्रतिशत मात्र तलब बढाउने घोषणा भएको थियो।

तोकिएका चार पदबाहेक अन्य स्तरका कर्मचारीको तलब भने बजेटले व्यवस्था गरेअनुसार नै वृद्धि भएको अर्थ मन्त्रालयबाट जारी तलबमानमा उल्लेख छ। सार्वजनिक भएको तलबमानले असमानता बढाएको भन्दै नायब सुब्बाले विरोध जनाएका थिए। त्यस्तै उनीहरूले असमान तलबमानका कारण आफूभन्दा एक तहमाथिको शाखा अधिकृतको तलब १२ हजारभन्दा बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अर्थमन्त्रीसहित, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्यसचिव र अर्थसचिवलाई समेत पठाइएको सोही बेहोराको एसएमएसमा निजामती सेवा ऐनमा नासुको पदपूर्तिमा गरिएको व्यवस्थाले चिन्तित बनाएको र यसले विभेद भएको उल्लेख गरिएको छ।

मङ्गलबारको विरोध खासगरी सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि गरिएको विभेदपूर्ण व्यवस्थामा केन्द्रित रहेको राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका अभियन्ता तथा नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

‘प्रस्तावित ऐनमा भएको व्यवस्थाले राजपत्र अनङ्कित कर्मचारीको बढुवा नै नहुने अवस्था सिर्जना भएकाले पनि बिदा लिएरै विरोध जनाएका हौँ,’ उनले भने । यसै सम्बन्धमा मङ्गलबार नै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेट भएको र उचित माग सम्बोधन गर्ने आश्वासन दिएको उनको भनाई छ ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...