back
prabhu bank
sanima relaince life

नेपाल पमत्रकार महासंघद्वारा राखिएको मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक

642 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नेपाल पत्रकार महासंघले लामो समयदेखि उठाउँदै आएको सञ्चारसम्बन्धी विभिन्न कानुनहरु अझै पनि टुंगोमा पुग्न नसकेकाले त्यसलाई टुंग्याई कार्यान्वयनमा ल्याउन सरकारलाई ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरु टुंगोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको नेपाल पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरु चालु अधिवेशनमा नै टुंग्याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डलले आग्रह गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रुपमा विचाराधिन रहेका सञ्चारसम्बन्धी ती कानुनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा महासंघले जोड दिएको छ । यतिबेला सञ्चारसम्बन्धी कानुन स्पष्ट नहुँदा विद्युतीय कारोबार ऐनलगायत विभिन्न कानुनहरु आकर्षित गरी पत्रकारहरुलाई अनावश्यक दुःख दिने काम भएकोप्रति महासंघले चिन्ता प्रकट गरेको जारी विज्ञप्तिमा भनिएको छ ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले राखेका मागहरुलाई सकारात्मक रुपमा लिई तत्काल टुंगोमा पु¥याउनका लागि पहल थाल्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्पmत निर्देशन दिएको महासंघले विज्ञप्तिमार्पmत जनाएको छ । भेटमा महासंघकातर्पmबाट अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए ।

त्यसैगरी महासंघले प्रतिनिधिसभा भंग हुनुअगावै सञ्चारसम्बन्धी विभिन्न कानुनका विषयलाई टुग्याउन पहल गर्नका लागि सभामुख अन्तिप्रसाद सापकोटालाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...