back
prabhu bank
sanima relaince life

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरी विद्यालय बन्द

648 

shares
prabhu bank
sanima relaince life

इस्लामवाद । पुर्ब प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भडकिएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन् ।

हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठावाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरी बिरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारेः

हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।
पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।
पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।
पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।
पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।
इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।
यसैगरी, मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतवारको एक र्‍यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...