back
nepal rastra bank aniversary

बलिउड : राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

438 

shares
nicasia bank

मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए ।

राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् ।
अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ ।

‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ । राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्धामा कसैलाई पनि छुट दिनु सही होइन’, सेशन कोर्टका न्यायाधि श्रीकान्त भोसलेले भनेका छन् ।

आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो सर्कुलेट गर्नु खराब काम भएको बताए । उनले यो मामलामा राखीविरुद्ध एफआईआर दर्ता गराएका थिए । उनले सेक्सन ५०० (डिफेमेसन), ३४ (कमन इनटेन्सन), सेक्सन ६७ए (पब्लिसिङ सेक्शुअली एक्स्प्लीसिट मटीरियल इन इलेक्ट्रोनिक फम)मा एफआईआर दर्ता गराएका थिए ।

राखीले यो मामलमा मुम्बई कोर्टमा आफूलाई गिरफ्तार नगर्न निवेदन दिएकी थिइन् । जबकी राखीले यो मामलामा हरेक किसिमले प्रहरीलाई सहयोग गरेकी थिइन् । न्यायाधीश भोसलेले राखीले जुन डिभाइसको सामाग्री सर्कुलेट गरिन्, त्यो सामान हालसम्म प्रहरीले फेला नपारेको बताउका छन् ।

उनका अनुसार डिभाइस हालसम्म राखीसँगै छ । उनले डिभाइसको कुनै पनि सामाग्री प्रहरीलाई दिएकी छैनन् ।


सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री लामिछानेलाई बोल्न दिनुपर्छ : ओली

सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री लामिछानेलाई बोल्न दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारी...

संसदमा मैले बोल्नु पाउनुपर्छ, कांग्रेसको चित्त बुझ्दैन भने त्यसमा थप छलफल गर्न सकिन्छ : गृहमन्त्री

संसदमा मैले बोल्नु पाउनुपर्छ, कांग्रेसको चित्त बुझ्दैन भने त्यसमा थप छलफल गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा कांग्रेसले...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...