back
nepal rastra bank aniversary

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

204 

shares
nicasia bank

भोजपुर । भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो ।

२० मिटर लम्बाइ रहेको पुलको सुनसरी–४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे । त्यस अवसरमा उनले यस क्षेत्रको विकासमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो’, उनले भने, ‘स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि भूमिका खेल्ने छु ।’

खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए ।

‘महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो’, उनले भने, ‘धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ । अब हामीलाई आवतजावतमा सहजता छपिएको छ । म आफैले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ ।’ काफ्ले–महभिर–खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो । यहाँ नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो ।


प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक दिउँसो २ बस्ने बस्ने भएको...

सानिमा रिलायन्स लाइफद्वारा सिप विकास कार्यशाला गोष्ठी सम्पन्न

सानिमा रिलायन्स लाइफद्वारा सिप विकास कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सिप विकास कार्यशाला...