back
nepal rastra bank aniversary

ऋण नतिर्ने ८ ऋणीको घरजग्गा लिलाम गर्दै नेपाल बैंक

1.3K 

shares
nicasia bank

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा लिँदा सुरक्षणमा राखिएका ८ जना ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ ।

बैंकले बिहीबार ३५ दिने सूचना निकाल्दै कर्जा लिएर साँवा ब्याज नियमित रुपमा नतिर्ने र असुलीका लागि पटक–पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएकाको घरजग्गा लिलाम गर्ने जानकारी दिएको हो ।

३५ दिन भित्र ऋण चुक्ता गर्न तथा गराउन अन्तिम मौका दिइएको बैंकले बताएको छ । बैंकले सो मितिमा कर्जा नतिरेमा ३६ औं दिनदेखि सुरक्षणमा रहेको घरजग्गा लिलाम प्रक्रिया अघि बढ्ने बताएको छ ।

बैंकले बरहथवा शाखाबाट कृषि चालू पुँजी कर्जा लिने राम हरी थापा प्रोप्राइटर रहेको थापा पशुपालन फार्म र हाइपोथिकेसन कर्जा लिने रमेश विश्वकर्मा प्रोप्राइटर रहेको आशिष स्टोर्सको नाममा सूचना निकालेको छ ।

त्यस्तै, पाल्हीनन्दन शाखाबाट चालु पुँजी कर्जा लिने रिता चौधरी प्रोप्राइटर रहेको रिता इन्टरप्राइजेज, सि।अ। जनकपुर शाखाबाट चालु पुँजी कर्जा लिने शिव शंकर साह हलुवाई प्रोप्राइटर रहेको शिव शंकर राईस एण्ड आयल मिल, व्यक्तिगत अधिविकर्ष, आवधिक, सुलभ आवास कर्जा लिने प्रहलाद कुमार चौधरीलगायत, कटहरिया शाखाबाट हाइपोथिकेसन कर्जा लिने रामबिन्देश राय यादव प्रोप्राइटर रहेको बिक्रान्त किराना पसल, बेनी शाखाबाट व्यक्तिगत अधिविकर्ष कर्जा लिने भुवन लक्ष्मी खत्रीलगायत र सि।अ। वीरगञ्ज शाखाबाट व्यक्तिगत आवधिक कर्जा लिने तपसी राउत अहिरलगायतको नाममा बैंकले ३५ दिने सूचना निकालेको हो ।

प्रकाशित सूचनाकाअनुसार ऋणीले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा ३६ औं दिनदेखि लिलाममा डाँक बणबण् गरिलिन चाहनेले बंकमा सम्पर्क गरेर आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्न सक्नेछन् ।


कर्णालीका जनतालाई रेल र सुरुङमार्ग होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

कर्णालीका जनतालाई रेल र सुरुङमार्ग होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही...

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्‌मा परेका...

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोलि प्रहार

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोलि प्रहार

काठमाडौँ । झापामा एक विद्यार्थी माथी गोलि प्रहार भएको...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’...

खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्छ : सभापति देउवा

खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदप्रति युवाको...

आइतबार नेपाल आउँदै जापानकी विदेशमन्त्री कामिकावा

आइतबार नेपाल आउँदै जापानकी विदेशमन्त्री कामिकावा

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल...