नेप्सेको कारोबार प्रणाली तीन बन्द हुने
1.3K
shares
काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को कारोबार प्रणाली तीन बन्द हुने भएको छ । नेप्सेले बुभबार सूचना जारी गर्दै बिहीबारदेखि शनिबारसम्म प्रणाली बन्द हुने जानकारी गराएको हो ।
नेप्सेले विद्युत मर्मत तथा सम्भारका लागि बिहीबार अर्थात् पुस २६ गते साँझ ५ बजेदेखि शनिबार अर्थात् पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।
वि.सं.२०८० पुस २५ बुधवार १४:०६