back
nepal rastra bank aniversary

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

486 

shares
nicasia bank

काठमाडौँ। कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा रु एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा रु १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

आगामी फागुन १ गतेदेखि साविक सञ्चयकर्तालाई मात्र उपलब्ध गराइएको सो सुविधा सञ्चकर्ताका पति वा पत्नीलाई पनि प्रदान गरिने कोषले जनाएको छ । उक्त सुविधा सञ्चालका लागि अस्पतालको सूची तयार भइरहेको कोषले जनाएको छ । कोषले सूचीकृत अस्पतालमा मात्र सञ्चयकर्ता वा पति तथा पत्नीको उपचार गराइ कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न अनुरोध गरेको छ ।

कोषले सञ्चयकर्तालाई वित्तीय सेवा र सामाजिक सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्तालाई विशेष, घर, शैक्षिक र घर मर्मत सापटी, जग्गा खरिदमा कर्जा तथा स्वास्थ्य उपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी एवं शिशु स्याहर र दुर्घटना क्षतिपूर्ति प्रदान गर्दै आइरहेको छ ।

विसं २०१९ मा स्थापना भएको कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिका निमित्त सञ्चय कोष व्यवस्थापनको काम गर्दै आएको छ । कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षाका सुविधा प्रदान गर्नुका साथै नयाँ सुविधा पनि थप गर्दै आइरहेको छ । कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता सूचीकृत छन् ।


इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र...

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पावरका...

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस...

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

मन्थली (रामेछाप)। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी...

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको...