back
prabhu bank
sanima relaince life

नाट्य संगीतका कर्मचारीले गरे साँस्कृति कार्यक्रम

618 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शकको मन जितेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले प्रतिष्ठानकै नक्साल स्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आफ्नो गीत सुनाएर प्राज्ञहरु तथा कर्मचारीको मन जितेका हुन् ।

कार्यक्रममा गायक विपिन घिमिरे र गायिका शिला बिष्टले देउडा देखि आधुनिक भाका सुनाए । उनीहरुले युगल रुपमा दुई वटा गीत प्रस्तुत गरेका थिए । यस्तै गायक शिशिर योगीले सारँगी त…सहित अन्य गीत प्रस्तुत गरेर दर्शकको मन जिते ।

यस्तै लोक गायक बिमलराज क्षत्रीले बुट्टे रुमाल गीत गाउँद दर्शकले तालीले साथ दिए । उनले कार्यक्रममा अन्य गीत पनि प्रस्तुत गरेका थिए । यस्तै सो प्रतिष्ठानका कर्मचारीले पनि कार्यक्रममा नृत्य एवम् कविता, गजल प्रस्तुत गरे ।

कर्मचारी लाम्च्युङ लामा तामाङले राष्ट्रिय भावको गीतमा नृत्य गरिन भने कर्मचारी विजय श्रेष्ठले मलाई लाज लाग्छ शिर्षकमा कविता सुनाए । प्राज्ञ परिषद सदस्य धिरेन्द्र प्रेमर्षीले प्रस्तुत गरेको गजलमा सबैले वाहवाही गरे । यस्तै ध्रुव वाग्लेले सुनाएको कविता पनि आकर्षक थियो ।

कार्यक्रममा सो कर्मचारी संघका सदस्य नेत्रबहादुर भुजेल, नेपाल प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष अशोक चौरसियालगायतले प्रतिष्ठानमा कर्मचारीको दायित्वबारे आफ्नो भनाई राखे । नेपाल प्रज्ञा प्रतिष्ठानको अहिलेको परिषदले आफ्नो कार्यकाल सकेर पनि कानून विपरित कार्यक्रम गरेको चौरसियाले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सभा सदस्य प्रदीप बमजनले प्रतिष्ठानमा कर्मचारीको योगदानबारे प्रकाश पारे भने सदस्य सचिब श्याम प्रकाश तमोटले कर्मचारी र परिषदको समन्वयले मात्र प्रतिष्ठान अघि बढ्ने बताए ।

सो कार्यक्रम आयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले नाट्य संगीतको विकाशमा कर्मचारीको पनि योगदान रहेको जिकिर गरे । कलाकारहरुलाई प्रोत्साहन गर्न आफुहरुले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको पनि उनले प्रकाश पारे ।

यस्तै सो प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानले गर्नु पर्ने साँस्कृतिक कार्यक्रम कर्मचारीले गरेकोमा सो कार्यको प्रसँसा गरे । प्रतिष्ठानलाई अघि बढाउन र परिषदलाई मार्गदर्शन दिन प्रतिष्ठानका कर्मचारीको पनि त्यत्तिकै ठुलो योगदान रहने उनले बताए ।

 

 


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...