back
prabhu bank
sanima relaince life

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

1.9K 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र नागरिकहरु हताहत भई जनजीवन प्राभावित भएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनले एक विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेको छ ।

एशोसिएसनले उक्त घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको काम पनि गरेको छ । हराइरहेका नागरिकहरुको तत्काल खोजी गरी उद्दार गर्न र बाढीपीडितहरुलाई गाँस, बास र कपासको व्यवस्था गर्न एशोसिएसनले सरकारगँग अनुरोध गरेको छ । बाढीपहिरोको चपेटामा परेका सम्पूर्ण पशुपंन्छीको उद्दार र उपचारमा जुट्न सबै तह, तप्का, वर्ग समुदायलाई अनुरोध गरेको छ ।

साथै बाढीपहिरोले भएको क्षतिपूर्तिको उचित व्यवस्थापन गर्न बाढीपहिरोमा परी मरेका पशुपन्छीहरुको उचित व्यवस्थापन गर्न र घरबास गुमाएका नागरिकहरुको राहत र पुनस्थापनाको लागि नेपाल भेटेरिनरी एशोसियन सरकारसँग हार्दिक अनुरोध गर्दछ जारी विज्ञप्तिमा भनिएको छ।

साथै यस्ता प्राकृतिक विपदपछि मानिस र पशुपन्छिमा फैलिन सक्ने संक्रमण तथा महामारीजन्य रोगहरुको व्यवस्थापनको लागि पूर्व तयारी गर्न आवश्यक साधान, स्रोत जनशक्ति परिचालन गर्न तथा औषधि उपचार गर्न नेपाल सरकारका सम्बन्धित निकायसँग अनुरोध गरेको एशोसियनका अध्यक्ष डा. राकृष्ण खतिवडा र सचिव डा. केदार सुवेदले जारी विज्ञप्तिमार्फत जनाएका छन् ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...