back
prabhu bank
sanima relaince life

चिसो मौसम र त्रिपालभित्रको बसाइले जनजीवन कष्टकर

660 

shares
prabhu bank
sanima relaince life

मुगु । चुनाव सकियो तर नागरिकका दुःख सकिएका छैनन् । दसैँ शुरु भएदेखि गत असोज २४ गतेसम्म परेका अविरल वर्षको कारण मुगु जिल्ला पहिरोको पिडामा छ । मुगुका ३३ घर पहिरोको उच्च जोखिममा छन् ।

बढी पहिरोका कारण विस्थापित भएपछि यति बेला छायानाथ रारा नगरपालिका चार गाउँका स्थानीय जङ्गलमा त्रिपाल हालेर बसेका छन् । पुस महिनाको चिसो मौसम र त्रिपाल भित्रको बसाइले नागरिकको जनजीवन कष्टपूर्ण बितेको छ।

अविरल वर्ष पछिको बाढी पहिरोले मुगुका झयारी ,सिगाडि ,घूईर तल्लो सालिमका विभिन्न गाउँ बस्तीमा ठुलो धनजनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुन स्थापनामा जोड दिन नसक्दा मुगुका सर्वसाधारण बिचल्लिमा परेका छन् ।

दिनदिनै उकालो लाग्दो जाडोमा पालभित्रको बसाइले तल्लो सालिमका ६२ घर धुरीका नागरिकलाई सास्ती भएको छ । चिसो मौसम र पाल भित्रको कष्टपूर्ण बसाइले सर्वसाधारण बिरामी पर्न थालेका छन् । सर्वसाधारणमा आँखा पाक्ने ,पेट दुख्ने ,टाउको दुख्ने लगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय टेकबहादुर सावतले बताए ।

एक साता लामो झरीका कारण मुगुका छायानाथ रारा नगरपालिका ,सोरु ,खत्याड,मुगुम कार्मारोगं गाउँपालिका दर्जनै बस्तीका संरचनादेखि बालीनाली सम्म सखाप भएको थियो । पहिरोको प्रभावले विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको विद्यार्थी समेत बताउछन् ।

पहिरोमा परेर सालिम गाउँका ८ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । ७ सय ४३ घर पूर्ण रूपमा भत्किदा अहिले पाँच हजार भन्दा बढी मानिस घर बार विहीन भएका थिए।
नव निर्वाचित सङ्घीय सांसद ऐनबहादुर शाही र प्रदेश सांसद जितबहादुर मल्लले आफ्नो जित लगत्तै पहिलो प्राथमिकता नै बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना भएको बताएका छन् ।

बाढी पहिरो पछि कर्णालीका तीन जिल्लालाई संकत क्षेत्र त गरिएको छ। तर,संकट क्षेत्रमा राहत र उत्रारको कुनै पनि हुन नसकेको सोरु गाउँ पालिकाकाका वडा नं ८ का अध्यक्ष हंश कार्की बताउँछ छन् ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...