back
prabhu bank
sanima relaince life

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

1.7K 

shares
prabhu bank
sanima relaince life

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन प्रयोगविहीन अवस्थामा रहेका छन् । उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन् ।

स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पु–याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन् । ‘स्वास्थ्य चौकीमा नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था हुँदासम्म केही मेसिन सञ्चालनमा ल्याइएका थिए’, स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, ‘हाल चिकित्सक नहुँदा मेसिन सञ्चालन हुन सकेका छैनन् ।’

स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिको आवश्यकता पर्ने भए पनि दरबन्दी नहुँदा समस्या भएको उनले बताए । भट्टका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष प्राविधिकको आवश्यकता रहेको छ । गर्भवती जाँचका लागि राखिएको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन भने सञ्चालनमा रहेको उनले जानकारी दिए ।

लाखौँ मूल्य पर्ने मेसिन हुँदा पनि चर्को शुःल्क तिर्दै टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी बताउँछन् । स्थानीय समाजसेवी करनसिंह ऐरले तत्काल स्वास्थ्य चौकीमा रहेका मेसिन, उपकरण सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘स्वास्थ्य चौकीलाई चुस्तरुपमा सञ्चालन गर्ने जिम्मा नगरपालिकाको हो’, उनले भने, ‘तत्काल दक्ष प्राविधिकको व्यवस्था गरी उपकरण सञ्चालनको व्यवस्था गरी उपचारलाई सहज बनाइनुपर्छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले नगर प्रमुखले चिकित्सक र प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेको बताए । छिट्टै स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरी उपकरण सञ्चालनमा आउने उनको दाबी थियो । ‘यहाँ रहेका उपकरण सञ्चालन गर्ने प्राविधिकको दरबन्दी नहुँदा समस्या भएको हो’, उनले भने, ‘नगरपालिकाको तर्फबाट भए पनि प्राविधिकको व्यवस्था गर्नका लागि कार्य अगाडि बढाउँदै छौँ ।’

स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला परम्परागत तरिकाले सञ्चान हुँदै आएका छन् । प्रयोगशालालाई आधुनिक बनाउन नयाँ मेसिन व्यवस्था गर्नका लागि बारम्बार माग हुँदै आए पनि नगरपालिकाको स्वास्थ्य शाखाबाट अश्वासन मात्रै पाइने गरेको स्वास्थ्य चौकीका कर्मचारीको भनाइ छ । बिरामीलाई छिटोछरितोरुपमा सेवा दिनका लागि प्रयोगशालामा कुल्टरकाउन्टर र एनलाइजरको आवश्यकता रहेको छ ।

स्वास्थ्य शाखा प्रमुख भट्टले प्रयोगशालालाई आधुनिक बनाउनका लागि माग गरिएका मेसिन खरिद गर्न बजेट अपुग रहेकाले उपकरण उपलब्ध गराउन नसकिएको बताए । ‘एउटै मेसिन खरिद गर्न रु छ देखि रु सात लाखसम्म पर्छ’, उनले भने, ‘जुन तरिकाले भए पनि मेसिन खरिद प्रक्रिया अगाडि बढाउछौं । शाखाका लागि विनियोजित बजेट र त्यसबाट हुन नसके प्रदेशबाट मेसिनको व्यवस्था गर्छौं ।”


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...