back
nepal rastra bank aniversary

आजदेखि शहीद सप्ताह सुरु

504 

shares
nicasia bank

काठमाडौँ । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गर्नुभएका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ ।

शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो ।

शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा आज उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुचि राख्नुहुने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गर्नुभएको योगदान अविस्मरणीय भएको बताइन् ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेको उनको भनाइ थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । सात दिन शहीद सप्ताह मनाइएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

लामो समयदेखि शहीदको योगदानको कदर गर्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ ।


आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक दिउँसो २ बस्ने बस्ने भएको...

सानिमा रिलायन्स लाइफद्वारा सिप विकास कार्यशाला गोष्ठी सम्पन्न

सानिमा रिलायन्स लाइफद्वारा सिप विकास कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सिप विकास कार्यशाला...