back
adikar sampana bagmati
fikal gaupalika

परराष्ट्रमन्त्री डा पौड्याल श्रीलङ्का प्रस्थान

144 

shares

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छिन् ।
उनलाई श्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्याल आज साँझ श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनेछिन् । सो अवसरमा उनले श्रीलङ्कामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भोलि शुक्रबार श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्ने छिन् ।
परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...