back
sanima relaince life

नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

324 

shares
sanima relaince life

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमतिअनुसार नेपालको संविधानको धारा ७६ (२ं) अनुसार नै नयाँ सरकार गठन गरिने बताएको छ । शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र दुई दलबीचको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

उता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गराएको र आफूहरु त्यसको विपक्षमा उभिने निर्णय गरिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले बताए ।

कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरिएको लेखकले जानकारी दिए । उनले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन, शिथिल अर्थतन्त्रलाई क्रियाशील, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर आवश्यक संशोधन गर्नेतर्फ नयाँ सरकार दृढतापूर्वक लाग्ने बताए ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीचमा राष्ट्रिय स्वार्थको रक्षा गर्नका निमित्त, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्नका निमित्त र अहिले संविधानको अभ्यास भएको आठ वर्ष भएको छ, संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरूको समीक्षा गरेर संविधानलाई समसामूहिक रूपले संशोधन, परिमार्जन गर्ने सवाल, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने विषय र त्यसका सँगै अहिलेको सरकार जुन बन्नेवाला छ, गठन हुन्छ, राष्ट्रिय सहमतिको सरकार – त्यसमा पहिलो चरणमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीजीले र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने जुन सहमति छ, त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्दछौं ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको जुन सहमति भएको छ, कांग्रेस र एमालेबीच – त्यो सरकार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम बन्ने सरकार हो । त्यो सरकार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वमा बन्छ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले यसै असार २८ गतेका दिनमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्तुत हुने गरी संसद् सचिवालयमा पठाउनुभएको छ, आजको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

अहिलेको अविरल वर्षाका कारण देशभर बाढीपहिरो, डुबानको समस्या उत्पन्न भएको छ । नागरिकको जीवन असहज भएको छ । जुन परिस्थिति उत्पन्न भएको छ, त्यसबाट नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने र यो समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको छ ।

 


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...