back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

लायन्स क्लब अफ आङ्ना पाँचथरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

162 

shares
sanima relaiance life insurance

काठमाडौं । लायन्स क्लब अफ आङ्ना पाँचथरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ईं अन्तर्गत कृष्णराज तिवारीको अध्यक्षतामा लायन्स क्लब अफ आङ्ना पाँचथरको प्रमुख आयोजना र विभिन्न क्लबहरुको सहकार्यमा गरिएको रक्तदान कार्यक्रम चाबहिलस्थित स्तुपा परिसरमा सम्पन्न गरिएको हो ।

पछिल्लो समय अस्पतालहरुमा रगतको व्यापक अभाव भएकाले त्यसको परिपूर्ति गर्नको लागि रक्तदान कार्यक्रम सञ्चालन गरिएको लायन्स क्लब अफ आङ्ना पाँचथरका अध्यक्ष तिवारीले बताउनुभयो ।

सो रक्तदान कार्यक्रममा २० प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा डिस्ट्रिक गभर्नर रामशरण बस्नेत, द्वितीय गभर्नर श्यामकुमार यादव, सचिव अमर कुँवर, कोषाध्यक्ष प्रमोद घिमिरेसहित चेतबहादुर खड्का, भुवन पोख्रेल, इन्द्र तामाङ्ग, विनोद श्रेष्ठ, भीमकुमारी वाग्ले, राजु श्रेष्ठगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । रगत संकलन परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंले गरेको थियो ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

केरल । भारतको केरल राज्यमा निपाह भाइरस देखिएको छ...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...