back
prabhu bank
sanima relaince life

राप्ती नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम

420 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको छ ।

राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयवासीका गुनासा, समस्या सङ्कलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए । कतिपय नगरवासी वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको जनाउँदै उहाँले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम थालिएको जानकारी दिए ।

राप्ती –३ को प्रतापपुरबाट सो कार्यक्रमको सुरूआत गरिएको छ । कार्यक्रममा वडावासीले रासायनिक मल र फोहर व्यवस्थापनमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका थिए । स्थानीय मित्र पोखरेल, ज्ञानबहादुर राई, एकराज खरेल, भरत अर्याल लगायतले मलको समस्या समाधानको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने, फोहरको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने, धानको बीउ सहज उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख लामाले रासायनिक मलको समस्या राष्ट्रिय समस्या भएकाले स्थानीय सरकारले जिम्मा लिन नसकिने तर कम्पोष्ट मल उत्पादन गर्ने बताउनुभयो । त्यसका लागि उनले वैशाख सम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । वडाध्यक्ष शिवकान्त ओलीले आफू स्वयम् नगरको फोहर व्यवस्थापन समितिको संयोजक रहेकाले समग्र नगरको फोहर व्यवस्थापनको काम सुरू गरिएको बताए । स्थानीय समाजसेवी नवराज पाठकले चुनावी घोषणापत्रअनुसार काम गर्न सुझाव दिए ।

नगरमा कोही पनि खान, बस्न, लाउनबाट वञ्चित हुनुनपर्ने बताउँदै प्रमुख लामाले विपन्नका लागि यो वर्ष एक सय घर बनाउन लक्ष्य रहेको बताउनुभयो । खाध्यन्न अभावका कारण भोकै भएको जानकारी प्राप्त हुना साथ समस्या समाधान गरिएको उहाँले जानकारी दिनुभयो ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...