back
prabhu bank
sanima relaince life

गैसस कञ्चनपुरको अध्यक्षमा बोहरा चयन

996 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बोहरा चयन भएका छन् । शनिबार सम्पन्न महासङ्घको २२औँ साधारणसभा तथा ११औँ जिल्ला अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । अध्यक्ष बोहरा यसअघि समितिमा उपाध्यक्ष रहेका थिए ।

समितिको उपाध्यक्षमा अमिर तिरुवा, सचिव अञ्जु जोशी, सहसचिव सिबी लुहार चयन भएका छन् । समितिमा नारु सिंह, अम्बादत्त जोशी, ज्ञानेन्द्र महता, लक्ष्मी चन्द, महेश भट्ट, सीता बोहरा, आनन्दी भट्ट, दीपक भट्ट र दुर्गा चाड सदस्य भएका छन् ।

महासङ्घका निवर्तमान अध्यक्ष नरेश सिलालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले साधारणसभा तथा अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा महासघका केन्द्रीय सचिव भवराज रेग्मी, महासङ्घका प्रदेश अध्यक्ष देवी खनाल, महासङ्घका केन्द्रीय सदस्य भगत विकलगायत सहभागी भएका छन् ।

महेन्द्रनगरमा गौरा महोत्सव

कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सव आयोजना गरिने भएको छ । महाकाली साहित्य सङ्गमले गौरा महोत्सवको आयोजना गर्न लागेको हो । महेन्द्रनगर बजारको खुलामञ्चमा महोत्सव अगामी भदौ १६ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । महोत्सवमा सुदूरपश्चिमका देउडासहितका लोकभाका, कला, संस्कृति, पहिरन, वाद्यवाधन, झाँकीलगायत देखाइने सङ्गमका अध्यक्ष हरिप्रसाद जोशीले जानकारी दिए ।

महोत्सव आयोजनाका लागि अध्यक्ष जोशीकै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि उपसमितिसमेत गठन गरिएका छन् । सङ्गमले विसं २०७६ चैत ११ गतेदेखि कोभिड–१९ का कारण गत वर्षसम्म गौरा महोत्सव मनाउन पाएको थिएन ।

विसं २०७७ मा गौरापर्व भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाइएको थियो भने २०७८ मा महाकाली साहित्य सङ्गमको कार्यालयमा सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गरी मनाइएको थियोे । अध्यक्ष जोशीका अनुसार लामो समयदेखि हुन नसकेको गौरा यसपालि महोत्सवका रूपमा मनाउने निर्णय गरिएको छ ।

गौरा पर्व पर्वमात्र नभई वर्ग, लिङ्ग, जातजातिलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै उनले यस पर्वले समाजिक एकतालाई बलियो बनाउने कार्यसमेत गर्दै आएको बताए । सुदूरपश्चिम क्षेत्रको कला, संस्कृतिलाई जीवन्त राख्नका लागि महोत्सव सहायकसिद्ध हुने उनको भनाइ छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...