back
prabhu bank
sanima relaince life

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता

486 

shares
prabhu bank
sanima relaince life

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन् ।

सोमवार दिउँसो सिनेट कार्यालय रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आईपीयूलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गरे ।

उनले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिको गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरू हुने आशा समेत व्यक्त गरे ।

साथै उनले व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए । कम्बोडियन सिनेटका अध्यक्ष सुमले सन् १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुई देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता जनाए ।

त्यसअघि अध्यक्ष तिमल्सिनालाई नोम्पेह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उनको सम्मानमा कम्बोडियाको तल्लो सदन नेसनल एसेम्बलीका प्रथम उपाध्यक्ष केत्तिसेथाबिन्दित चिम येपले दिवाभोजको आयोजना गरेका थिए । त्यसअवसरमा दुई पक्षीय हित र अनुभव आदानप्रदानका विषयमा छलफल समेत भएको थियो ।

सोमबार नै एसियाली सांस्कृतिक परिषद्का अध्यक्षले अतिथिहरूको सम्मानमा रात्रीभोजमा अध्यक्ष तिमिल्सिना सहभागी हुने र मंगलबार कम्बोडियाको राजधानी नोम्पेहमा आयोजना हुने कम्बोडियाका प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी तथा वर्ल्ड फेलोसिप अफ बुद्धिष्टको संरक्षक (प्याट्रोन)को उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी भई बधाई समेत दिने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...