back
nepal rastra bank aniversary

प्रभु बैंकको नाफामा सामान्य वृद्धि

72 

shares
nicasia bank

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) ४.८१ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४८ प्रतिशत थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ०.९४ रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ८ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब ६८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

 


पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके कालिका माध्यमिक विद्यालय...

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले...

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौं । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको...

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...