back
nepal rastra bank aniversary

वैशाख १६ गतेदेखि सात जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने

138 

shares
nicasia bank

काठमाडौं। सरकारले ५० लाख ७८ हजारलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ । यही वैशाख १६ गतेदेखि झापा, धनुषा, महोतरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुगरी सातवटा जिल्लामा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताएका छन्।

हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनले बताए । कपिलवस्तु तथा झापामा भन्ने उक्त कार्यक्रम असफल भएको उनको जिकिर छ ।

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागि भई आफ्नो जिल्लामा संचालनमा रहेसम्म लगातार हातीपाइले रोगको औषधि सेवन गर्ने र अरुलाई पनि सेवन गर्न सुझाउने ।

हातीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँछ। यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ। मानिसको शरीरमा यो यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरु शरीरमा देखिने गर्छ। यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन।

धेरै जस्तो संक्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ। त्यसैले हातीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।हातीपाइले रोगबाट बच्न तीन प्रयोग हुने औषधिहरु तीन थरिका हुन्छन्।

जुन पूर्ण रुपमा सुरक्षित छन्। यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन्। यी तीन थरिका औषधिहरुको प्रयोगले हातीपाईले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ। यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ। अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व् स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हुन्।

हातीपाइले रोगको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिन सम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले सेवन गर्नु हुँदैन। हातीपाइलेको औषधि कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ।


कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक दिउँसो २ बस्ने बस्ने भएको...