back
nepal rastra bank aniversary

बुढीगंगाको मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

324 

shares
nicasia bank

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ ।

प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का ९कुँवर० विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्धी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ मत ल्याएर पराजित भएका छन् ।

यसैगरी, उपमेयरमा विजयी एमाले उम्मेदवार कुँवरले चार हजार सात सय २७ मत ल्याउदा प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी रिता शाही ९ शाह० तीन हजार सात सय ५५ मत ल्याएर पराजित भएकी छन् ।

१० वडा रहेको बुढीगंगा नगरपालिकामा सात वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले तीन वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ । बुढीगंगा नगरपालिका(१ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० दलबहादुर साउद विजयी भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर–४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेशबहादुर रावल विजयी भएका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा दोस्रो पटक निर्वाचन गरेको हो । दोस्रो पटक भएको निर्वाचनमा नौ हजार एक सय २८ मत ६६ दशमलव ८३ प्रतिशत मत खेसेको थियो । बुढीगंगामा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

३० वैशाखमा सम्पन्न चुनावमा भने ७५ दशमलव ५८ प्रतिशत मत खसेको थियो । ३० वैशाखमा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको निर्वाचन आयोगको ठम्याइ छ । निर्वाचन आयोगका अनुसार वडा नमबर २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए ।

 


मजदुर र जनतालाई अप्ठेरो परेको बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

मजदुर र जनतालाई अप्ठेरो परेको बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर...

लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ : अध्यक्ष ढकाल

लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद...

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

वर्तमान सरकार लामो समय टिक्छ : देव गुरुङ

वर्तमान सरकार लामो समय टिक्छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान...

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रपति पौडेल

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने...

युवा पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराउनुपर्छ : प्रधानमन्त्री

युवा पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित...