back
nepal rastra bank aniversary

मजदुर र जनतालाई अप्ठेरो परेको बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

372 

shares
nicasia bank

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मजदुर र जनतालाई अप्ठ्यारो परेको बेलामा साथ दिन नसक्ने व्यक्ति जनताको नेता हुनै नसक्ने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेससग आवद्ध सिन्धुपाल्चोकमा क्रियाशील संघहरुको आयोजनामा बुधबार भएको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित श्रमिक भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मजदुरहरुको बुद्धि र क्षमताले महत्त्वपूर्ण परिवर्तन भएको तर मिठा र झुट्टा कुरा गर्नेहरुको विश्वासमा मजदुरहरु पर्दा उचित मान, सम्मानका साथै पारिश्रमिक पाउन नसकेको बताउनुभएको हो ।

‘मजदुरसंग पनि अत्यन्तै आवश्यक बुद्धि, विवेक र क्षमता हुन्छ। हिजो कम्युनिय्टका नामधारीहरुले मजदुरलाई घर बाँड्ने झुटा आश्वासन दिए, हिजो आर्थिक अवस्था कमजोर भएर जंगल पसेकाहरुको काठमाडौं बंगाला छ, मजदुरहरुको समस्या ज्यूँकात्यूँ छ। परेको बेलामा सहजै समाधान गर्न नसक्ने र मजदुरहरुलाई आश्वासन बाँडेर सधैं गरिब बनाइ राख्ने तिनीहरुलाई राम्रो चाहिने, मिठो चाहिने सुविधा सम्पन्न उनीहरु नै हुनुपर्ने रु व्यापारी र मजदुर सबैका लागि लडे, तर मजदुरले लडेर ल्याएको व्यवस्थामा कम्युनिष्ठका नेताहरुको रजाइँ छ’  उहाँले भन्नुभयो ।

पूर्वमन्त्री बस्नेतले मिठा कुरा गरेर फाइदा लुट्ने नेताहरुको प्रभावमा मजदुरहरु पर्दा बुद्धि, विवेक र क्षमता अनुसारको उपलब्धि र प्रतिफल प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले सुविधाभोगी नेतनहरुले दलाली र माफियाहरुलाई प्रोत्साहन गर्ने र उनीहरुसंगै साझेदारी गर्ने भन्दै त्यस्ताबाट मजदुरको हकहीत नहुने बताउनुभएको हो ।

दलालसंग साझेदारीमा काम गर्ने नेताले जनताको काम नगर्ने भन्दै त्यस्ताहरुबाट मजदुरको उपलब्धिको काम नहुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामा हाउडे , क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिक्षन शेर्पा, नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघका केन्द्रीय अध्यक्ष केदार नाथ दाहाल , तातोपानी भन्सार कार्यालयका प्रतिनिधि तथा कृषि श्रमिक संघको केन्द्रीय अध्यक्ष विमला गैरेलगायतले मन्तव्य राख्नुभएको थियो ।

 


पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके कालिका माध्यमिक विद्यालय...

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले...

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौं । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको...

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...