back
nepal rastra bank aniversary

कामना सेवा विकास बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

318 

shares
nicasia bank

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालज्यूको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका संचालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताए । विश्वविद्यालय स्थापना देखी नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएतापनी हाल शिक्षण अस्पतालले १०० शैयाको संचालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए ।

१०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा।दिपक वहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पु(याएको योगदानको कदर गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए। उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 


मजदुर र जनतालाई अप्ठेरो परेको बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

मजदुर र जनतालाई अप्ठेरो परेको बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर...

लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ : अध्यक्ष ढकाल

लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद...

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

वर्तमान सरकार लामो समय टिक्छ : देव गुरुङ

वर्तमान सरकार लामो समय टिक्छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान...

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रपति पौडेल

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने...

युवा पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराउनुपर्छ : प्रधानमन्त्री

युवा पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित...