back
nepal rastra bank aniversary

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

390 

shares
nicasia bank

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने बताएकी छिन् ।

वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही(केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।’

लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताइन् । उनले भनिन्, ‘‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ।’

.


संविधान बचाउन आवश्यक छ : पूर्वराष्ट्रपति यादव

संविधान बचाउन आवश्यक छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई...

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक : अध्यक्ष नेपाल

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...

पार्टीहरू विभाजन गर्न विभिन्न शक्तिले साम, दाम, दण्डभेदको प्रयोग गरिहेका छन् : माधव नेपाल

पार्टीहरू विभाजन गर्न विभिन्न शक्तिले साम, दाम, दण्डभेदको प्रयोग गरिहेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीहरू...

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं। एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक...

विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

काठमाडौँ । न्यु होली क्रस स्कुलद्वारा आयोजित विद्यार्थीसँग कुलपति’...