back
nepal rastra bank aniversary

एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

78 

shares
nicasia bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ ।

यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक अच्युत राज सापकोटा, संचालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्त रुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन् ।

यो बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् । यो बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा छ ।

बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमाङ्क रकम भुक्तानी पाउनेछन्। यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷असक्त सुविधा, बीमाशुल्क छुट सुविधा र एशियन क्रिटिकल केयर सुविधा समेत रोज्न सक्छन् । मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमाशुल्कमा बीमालेख खरिद गर्न सहज बनाउनेछ ।

यस कम्पनीले आ.व.०८०÷०८१ को चैत्र मसान्त सम्म प्रथम बिमाशुल्क रु.१ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क रु.४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु.५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।


इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र...

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पावरका...

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस...

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

मन्थली (रामेछाप)। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी...

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको...