back
nepal rastra bank aniversary

ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

294 

shares
nicasia bank

काठमाडौं । विभिन्न गैर कारोबारबाट नेपाल छिरेर तीन पुस्तामै अर्बपति बनेका विनोद चौधरीविरुद्ध नेपालका घराना उद्योगीहरु एक भएर लड्ने तयारीमा जुटेका छन् । चौधरीले नेपालको पुराना औद्योगि समूहको व्यवसायिक कारोबारमाथि कुनै न कुनै तरिकाले हतोत्साही र प्रभावित बनाउने काम गर्न थालेपछि अन्य औधोगिक समूहहरु आक्रोसित भइरहेका छन् ।

चौधरीले पछिल्लो समय लामो समयदेखि भारतीय कम्पनी मोटाकर्पको नेपाली एजेण्ड बनेर उसले उत्पादन गर्ने हिरो मोटरसाइकल र यससँग सम्बन्धित पार्टपूर्जाको व्यवसायिक कारोबार ज्योति समूहबाट खोसेका थिए । ज्योति समूहमा पारिवारिक अंशवण्डा चलिरहेको मौका छोपोर चौधरीले यो व्यवसायिक कारोबार आफ्नो हातमा पारेका हुन् । अंशबण्डाको क्रममा हिरो र होन्डा दुई जनाले बाँडेर बेचिरहेको अवस्थामा भारतीय कम्पनी मोटाकर्पलाई परिबन्दमा पारी चौधरीले त्यो सम्झौता तोड्न लगाएको व्यवसायीहरु बताउँछन् ।

अनेक प्रपञ्च रच्दै ज्योती समूह ठुबाएर चौधरीले हिरो आफ्नो पोल्टामा पारेका हुन । उद्योगीहरुको भनाइमा विनोद चौधरीका हजुरबा भुरामल भारतको राजस्थानस्थित शेखावटीमा जन्मेका हुन । उनी भारतमा खान नपाएर नेपालमा काम खोज्दै आएका थिए । भुरामल चौधरी मखन साहुकोमा काम गर्दागर्दै उनका लागि कपडा खरिद गर्न काठमाडौंबाट चिसापानीगढीको बाटो हुँदै वीरगञ्जसम्म हिँडेरै जान्थे । रक्सौलबाट रेल चढेर विभिन्न शहरका कपडा मण्डीहरुमा पुग्थे र कपडा किनेर मखन साहुकहाँ फर्कन्थे, एक उद्योगीले भने ।

भारतका कपडा मण्डीहरुमा सम्पर्क रहेको र काठमाडौंमा व्यापार गर्ने तरिकासमेत थाहा पाएपछि भुरामलले मखन साहुलाई धोका दिएर आफैं कपडाको पोको बोकेर काठमाडौंका गल्लीगल्लीमा डुल्ने गर्थे । अहिले उनकै नाती विनोद चौधरी अर्बपति भएर अन्य उद्योगी व्यवसायीहरुको व्यवसायमा कुदृष्टि लगाएर ब्राण्ड हडप्ने कोशिस गरिरहेका छन् । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पको आधिकारिक विक्रेता ज्योति समूहबाट खोसेर सीजी मोर्टर्स बनाएका छन् ।

चौधरीले भारतीय एजेन्ट लगायतलाई आफ्नो पक्षमा पारेर ज्योति समूहबाट हिरो मोटोकर्पको सोलो नेपाल बिक्रेता आफ्नो पक्षमा पारेपछि व्यवसायिक जगतमा उनको विरोध भइरहेको छ । नेपालमा केही समय अघिसम्म एक कम्पनीले चलाउनै नसक्दा मात्र अर्को कम्पनी विकल्पको रूपमा जाने गरेको भए पनि चलिरहेको ब्राण्डलाई आफ्नो पक्षमा पार्ने अस्वस्थ प्रतिस्पर्धामा चौधरी समूहले गरेको भन्दै नेपालका अन्य मोटर बिक्रेताहरू चौधरीविरुद्धमा एक भएर खनिन थालेका छन् ।

यसरी अस्वस्थ प्रतिस्पर्धा सुरु गरेका चौधरीले कसको कम्पनीमा कतिबेला धावा बोल्ने हुन् भन्न सकिने अवस्था छैन । सीजी समूहमा सुजुकी विनोद चौधरीका भाइ अरुणले बिक्री गरिरहेका छन् । छोरा निर्वाणले विद्युतीय गाडी बेच्न सुरु पनि गरिसकेका छन् । चौधरीले ज्योति समूहले गरिरहेका व्यवसायमा हात हालेपछि अहिले हुलास समूहले पनि चौधरीमाथि निगरानी सुरु गरेको छ । गोल्छा समूहको हुलासले बजाज नेपालमा उत्पादन गरिरहेको अवस्थामा चौधरीले हिरो बदनियतपूर्ण ढंगले कब्जा गरेपछि निगरानी बढाएको हो ।

नेपालमा हिरोको आधिकारिक बिक्रेता ज्योति समूहको एनजीएम कम्पनी थियो । करिब ४० वर्षपछि हिरोको आधिकारिक बिक्रेताबाट अब ज्योति समूहलाई चौधरीले बाहिर पु¥याएका छन् । चौधरीले हिरो मोटोकर्पसँग अनैतिक ढंगले सम्बन्ध बढाएर एनजीएमसँग सम्झौता नवीकरण बदर गर्न लगाएका थिए ।

विनोद चौधरी आफूलाई मारवाडी समुदायको सदस्य भनेर चिनाउँछन् । तर, उनी गोल्छा, टिबडेवाला, केडियाजस्ता मारवाडी समुदायका होइनन् । पछिल्लो समय चौधरीको घरानिया उद्योगीसँग नकारात्मक सम्बन्ध बढिरहेको छ । अहिले चौधरी व्यवसायीहरुको समूहबाट एक्लिँदै गएका मात्र छैनन् । उनीमाथि कर छलेको र सरकारी जग्गा हडपेका आरोपहरु पनि पुष्टि हुँदै गएका छन् । अरुको व्यवसायमाथि सधै कुदृष्टि लगाउने विनोध चौधरी र उनको समूह कुन बेला खाल्डोमा पर्ने हो यसै भन्न सकिने अवस्था छैन ।


कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...

यस्ता छन्, सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बकेका संघर्षका पाइला

यस्ता छन्, सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बकेका संघर्षका पाइला

समाजसेवी तथा सफल व्यवसायीको स्थापित नाम हो—रामसुन्दर बके ।...

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...