back
nepal rastra bank aniversary

हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि

360 

shares
nicasia bank

मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो ।

विगतमा सङ्घीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक् सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ । कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ । जसअनुसार प्रदेश सरकारले हेटौँडा अस्पतालमा थप दुई सय श्यया थप्न लागेको हो ।

हाल अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको ६० श्ययामा ४० थप गरेर सय पुर्याउने र प्रदेश सरकारले थपेको दुई सय श्यया गरी कुल तीन सय श्ययाको क्षमतामा अस्पताल सञ्चालन हुने समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । हेटौँडा अस्पताल तीन सय श्ययामा स्तरवृद्धि भएसँगै थप विशेष चिकित्सकको आवश्यकता पर्दछ । विशेषज्ञ चिकित्सकको लागि सरकारले दरबन्दी थप गरेपछि सेवामा पनि विस्तार गर्न सकिने उहाँले बताउनुभयो । तीन सय श्यया भएपछि अस्पताललाई मुटुरोग विशेषज्ञ, न्युरो सर्जन, मिर्गौलासम्बन्धी चिकित्सकलगायतको दरबन्दी बढाउनुपर्ने उनले बताए । अस्पताल स्तरवृद्धि भएसँगै प्रतिष्ठानलाई एमबिबीएस र एमबी अध्यापनको लागि बाटो पनि खुलेको छ ।

अस्पताल प्रदेश मातहत आएपछि एमआरआई, सिटिस्क्यान, अत्याधुनिक प्रयोगशाला, १७ श्ययाको आइसियु र एचडियु सञ्चालन गरिएको छ । विगतमा सातवटा श्ययाबाट आकस्मिक कक्ष चलाएको अस्पतालमा हाल २५ श्यया रहेको सदस्य चौलागाईंले जानकारी दिए । अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुँदैछ । एनआइसियु सञ्चालनको तयारीमा रहेको उनले बताए । विगतमा एउटा शल्यक्रिया कक्षबाट चलेको अस्पतालमा निकट भविष्यमै चार वटासम्म शल्यक्रिया कक्ष सञ्चालन हुनेछ ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको रु पाँच करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो । हाल अस्पतालमा चिकित्सक करिब ६६ सहित कुल कर्मचारी दुई सय ९१ जना रहेका छन् । तीन सय श्ययामा सञ्चालन गर्न अस्पताललाई थप कर्मचारीको आवश्यकता पर्ने जनाइएको छ ।


आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

काठमाडौं । सरकारले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

आइएमई लाइफद्वारा एक महिनामै ३ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफद्वारा एक महिनामै ३ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वैशाख...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखाले ५...