back
nepal rastra bank aniversary

पारदर्शी विज्ञापन बजारबाट व्यवसाय प्रवर्द्धन हुन्छ : रेखा शर्मा

318 

shares

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बतायकि छिन् । नेपाल विज्ञापन सङ्घ (आन)को २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताइन् ।

आर्थिक सङ्कुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञापन बजारमा सङ्कुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताइन् । उनले भनिन्, “विज्ञापन बजारमा आएको सङ्कुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ, आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने विश्वास गर्न सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउँदै लैजान ध्यान दिनुपर्ने अवस्था छ ।”

मन्त्री शर्माले विज्ञापन बजार पारदर्शी भएन भन्ने गुनासो सुनेपछि आफूले सरोकारवालासँग छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिइन् ।

सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वाभाविकरुपमा कमिसनको चलखेल हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको उनले उल्लेख गरिन् ।

मन्त्री शर्माले मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेतको कागजात पेस गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको बताइन् । “यसले विज्ञापनको सबै हिस्सा मिडियासम्म पुग्ने र विज्ञापन एजेन्सीले पाउनुपर्ने सेवा शुल्क पारदर्शीरुपमा पाउने वातावरण बन्ने छ”,उनले भनिन् ।

विज्ञापन सामग्री लक्षित समुदायको पहुँचमा नपुग्ने गरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने गरिएको उल्लेख गर्दै मन्त्री शर्माले निश्चित क्षेत्र वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिने गरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने खाँचो औँल्याइन् ।

 


ग्लोबल आइएमई बैंकले ल्यायो, ‘ग्लोबल ग्रीन आवास’ कर्जा योजना

ग्लोबल आइएमई बैंकले ल्यायो, ‘ग्लोबल ग्रीन आवास’ कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८ दशमलब ९९...

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

काठमाडौं । अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख...

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। तेस्रो लगानी सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ...

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल...

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा...