back
adikar sampana bagmati
fikal gaupalika

काभ्रेका स्थानीय तहः ‘जनताको सेवामा पहिलो वर्ष’

72 

shares

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको जनप्रतिनिधिले शपथ लिएको बिहीबार ठीक एक वर्ष पूरा भयो । शपथको एक वर्ष पूरा भएकै दिन नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ नामक पुस्तक जनप्रतिनिधि, स्थानीय नागरिक, दलका स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीमाझ सार्वजनिक गरे ।

्पुस्तकमा समेटिएका विकासका विवरण उल्लेखित संक्षिप्त विवरण प्रस्तुत गर्दै उनले भने, “हामीले एक वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले सुरु गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माण कामको सुरुआत गरेका छौँ ।” उहाँले नगरमा १८ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुआत, नसर्ने रोग उच्च रक्तचाप, मधुमेह (सुगर), प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था, नगरका ११ वटै वडाका विभिन्न एक सय सात स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।

यस्तै नगरले स्थानीय पाठ्यक्रम निर्माणको सुरुआत, बालमैत्री स्थानीय शासन सुरुआत, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन, ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन, रु आठ करोड ३६ लाख लागत अनुमान तयार गर्दै बहुवर्षीय योजनामा समावेश गरी कृषि उत्पादन भण्डारणका लागि कोल्डस्टोर (शीतभण्डारण) निर्माणको सुरुआत, घरदैलोमै सामाजिक सुरक्षा वितरण, आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधनका चालक र यात्रुलाई कारबाही गर्न थालिएको लामाले जानकारी गराए ।

यसैगरी नगरले योजनाबद्ध विकासलाई प्राथमिकतामा राख्दै आवद्यिक योजना बैंक तयार गरेर विकास आयोजना सञ्चालन गर्न लागेका तथा रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायतका योजना समावेश गराइने जनाइयो । यस्तै नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्देश्यअनुरुप ‘एक घर एक धारा’ अभियान सञ्चालनअन्तर्गत सुनकोसी खानेपानी आयोजनालगातय चार बृहत् खानेपानी आयोजना तथा आठ साना खानेपानी आयोजना सञ्चालन गरिएको जानकारी गराए ।

यसैगरी जिल्लाको रोशी गाउँपालिकाले पनि बुधबार समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले समीक्षा कार्यक्रममा शपथग्रहणमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्दै गएको दाबी गरे । उनले पनि बुँदागतरूपमा प्रगति विवरण प्रस्तुत गर्दै अघिल्ला जनप्रतिनिधिले गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माणको कामको सुरुआत गरेको जानकारी गराए । “हामी समृद्ध रोशी बनाउन प्रतिबद्ध छौँ, यसका लागि निर्वाचनका घोषणा गरेका सबै काम पूरा गर्नेछौँ”, लामाले भने।

खानीखोला गाउँपालिकाका जनप्रतिनिधिले भने गत वैशाख ३१ गते एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै समीक्षा गरेको थियो । उक्त गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि (महाभारत पर्वतशृङ्खला)मा अवस्थित दुर्गम मानिने स्थानीय तह हो । एक वर्षको अवधिमा गाउँपालिकाले आफ्ना कृषकलाई व्यावसायिक कफीखेतीमा अनुदानदेखि वृद्धवृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको लागि आवासीय शिक्षणसम्मको अपेक्षित प्रगति गरेको जनायो ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले एक वर्षको १४ बुँदे उपलब्धि सार्वजनिक कार्यक्रमम निर्वाचित भएको एक पूरा हुँदै गर्दा आफूहरूले गरेको कामले खानीखोलाको विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताएका थिए । उनले खानीखोलाको भौतिक पूर्वाधारसँगै विशेषगरी शिक्षा र कृषि क्षेत्रलाई स्थानीयको सेवा सुविधामा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् । “एक वर्षमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक चरणमा अघि बढिरहेको छ”, थिङले भने ।

थिङका अनुसार एक वर्षमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि मन्त्रिपरिषद् (क्यविनेट)बाट जग्गा स्वीकृत गरिएको तथा असहाय बालबालिकाको शिक्षा व्यवस्थित बनाउन कक्षा १ देखि १० सम्मका लागि आवासीय शिक्षण आरम्भ गर्नेसम्मका गतिविधि भएका छन् । उनीद्वारा सार्वजनिक एकवर्षे प्रतिवेदनमा देशमै पहिलोपटक ‘जसको उत्पादनः उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्देश्यले कफीमा प्रतिकेजी रु ३५ का दरले अनुदान वितरण, विकट खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्ने सडकअन्तर्गत खानीखोला र दुर्लुङ खोलामा पक्की पुलका लागि बोलपत्र आह्वान, बालविवाहविरुद्ध जनचेतनाका लागि आफ्नो क्षेत्रभित्रका सबै माध्यमिक विद्यालयमा सडक नाटक ‘जुनकिरी’ प्रदर्शनलगायतका काम भएको उल्लेख छ ।

यस्तै यस शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलोपटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको सुरुआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुने गरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआतलगायतका काम गरिएको गाउँपालिकाले आफ्नो एक वर्षको उपलब्धिका रूपमा उल्लेख गरेको अध्यक्ष थिङले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले बितेको एक वर्षमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै मासिक नियमित स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधिमा सहयोग गरेको छ । अधिकांश जनजातिको बसोबास रहेको यस क्षेत्रमा गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा÷डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेविज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण गराएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । जिल्लाका केही स्थानीय तहले आउँदो साता वार्षिक समीक्षा तथा प्रगति विवरण सार्वजनिक गर्ने जनाएका छन् ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...