back
prabhu bank
sanima relaince life

नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु

702 

shares
prabhu bank
sanima relaince life

अबुजा । नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ ।

नाइजेरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।

उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो ।

सोमबार मात्र यो संख्या बढेर ५१ पुगेपछि यो सोमबार मात्र ३१ जनाको ज्यान गएको प्रमाणित भएको हो । पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको समाचारमा जनाइएको छ ।
नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ ।

ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ । नाइजेरियाको उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ ।नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ ।

नाइजेरियाका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् । नाइजेरियाका ती जिल्लामा केही हप्तादेखि झाडा पखालाका विरामी बढेको पाइएको थियो ।

ती विरामीमा हैजाको प्रकोपको आशङ्कामा अनुसन्धान गरिएको थियो ।यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएअनुसार यहाँ गएको बुधबारदेखि हैजा सङ्क्रमण भएको पाइएको हो ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।

नाइजेरियाका घना बस्तीहरुमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको बताइन्छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...