back
nepal rastra bank aniversary

सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

396 

shares
nicasia bank

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं. २ जौडाँडामा सोमबार आयोजित भूमिडाँडा स्वास्थ्यचौकीको भवन सिलान्यास पश्चात मन्तव्य राख्नुहुँदै बस्नेतले जनताको हीतमा काम गर्नका लागि जनताको मतबाट निर्वाचित भएको, भन्नुहुँदै सामान्य सिटामोल पाउन पनि दिनभरि हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न विद्यमान कानूनले रोक्यो भने संशोधन गरेरै भएपनि सेवा, सुविधाको व्यवस्था गरिने बताउनुभएको हो ।

“नीति अनुसार वडामा एउटा स्वास्थ्य चौकी भन्ने छ, पहिला भएका गाविसमा एउटा थियो । तर सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्यका लागि एउटा मात्रै भन्ने कानून पनि संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यकता अनुसार काम गर्न तयार छु ।” उहाँले भन्नुभयो ।

उहाँले आफू स्वास्थ्यमन्त्री भएको बेला एकैपटक ३९ वटा वडाहरुमा स्वास्थ्य चौकी भवनका लागि बजेट विनियोजन गरेका बताउनुहुँदै यो स्वास्थ्यचौकी पनि त्यही मध्यको एउटा भएको बताउनुभयो । यो स्वास्थ्यचौकी भवन निर्माणका लागि ३८ लाख ८६ हजार बजेट बिनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष श्यामबहादुर गिरीले विनियोजित बजेटलाई सही सदुपयोग गरी समयमै काम सम्पन्न गर्न आफूले समन्वय गर्ने बताउनुभयो । उहाँले भवन निर्माण सम्पन्न गर्न कुनै कठिनाई उत्पन्न भएमा वडा तहबाट पालिकाहुँदै प्रदेश र संघीय तहसम्म समन्वय गर्न आफू तयार रहेको बताउनुभयो।


एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले...

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौं । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको...

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...

अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसको अहिलेको...