back
nepal rastra bank aniversary

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

216 

shares
nicasia bank

 

काठमाडौं । मीठो स्वरकी धनी गायिका सुष्मा विसीले पारिवारिक जीवनलाई समेटेर तयार पारेको टिपिकल शब्दले भरिपूर्ण “पालि खरैको” लोकदोहोरी गीत यूटुव च्यालनबाट भर्खरै सार्वजनिक गरेकी छिन् ।

स्कुले जीवन दैखि नै गीत/संगितमा रूचि राख्ने गायिका सुष्माले आफ्नो जन्मथलो पोखराबाट सांगितिक यात्रा सुरू गरेर लामो समय त्यहीं बिताइएकी थिइन् ।

गायनमा अझ् निखारपन ल्याउन करियरलाई फराकिलो बनाउने सपना लिएर काठमाण्डौ छिरेकी उनले धेरै मेहनत र दुःख झेल्दै पछिल्लो समय पारिवारिक जीवनलाई समेटेर तयार पारिएको “पालि खरैको” नामक लोक दोहोरी गीत सांगीतिक बजारमा हालै सार्वजानिक गरेकी हुन् ।

यस गीतमा चर्चित कलाकार वसन्तथापा र सुष्मा वि.सीले स्वर पस्किएका छन् भने सूर्य कुमार परियार र पूर्ण राज बेलवासेको शब्दका साथै सागर लामाको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा टीका भुजेल र सोविता सिलवालले अभिनय गरका छन् ।

राजेश घिमिरेले छाँयाङ्कन गरेको म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन् । गीत टीका भुजेलको अफिसियल यूटुव च्यालनबाट सार्वजनिक गरिएको हो ।

पारिवारिक जीवनशैलीको पृष्ठभूमिलाई समेटेर अन्त्यन्त मेहनतका साथ तयार पारिएको यस गीतले नेपाली दर्शक÷स्रोताको मन जित्न सफल हुने निर्माण पक्षको विश्वास छ ।

 

 

 

 


इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र...

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पावरका...

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस...

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

मन्थली (रामेछाप)। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी...

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...