back
nepal rastra bank aniversary

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

84 

shares
nicasia bank

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरूले विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका हुन् ।

उनले विदेशी कूटनीतिक नियोग वा राजनीतिक व्यक्तिहरूसँग भेट्दाखेरी परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने बताए । परराष्ट्र मन्त्रालयको ब्रिफिङ लिएर र मन्त्रालयको कर्मचारीको उपस्थितिमा भेटघाट गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपालको कूटनीतिक आचारसंहिता पालनामा कमजोरी रहेको उल्लेख गरे । कूटनीतिक आचारसंहिता, २०६८ पालना गरेर मात्रै भेटवार्ता गर्न आग्रहसहितको राजनीतिक दलहरूलाई पत्र पठाइएको पनि उनले बताए ।


इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र...

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पावरका...

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस...

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

मन्थली (रामेछाप)। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी...

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको...