back
nepal rastra bank aniversary

काठमाडौं क्षेत्र नम्बर २ का सांसदहरुलाई कोटेश्वर क्याम्पसको सम्मान

384 

shares
nicasia bank

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसले काठमाडौं क्षेत्र नम्बर २ का संघिय सांसद र प्रदेश सांसदहरुलाई मंगलबार सम्मान गरेको छ । क्याम्पसले एक समारोहको आयोजना गरि क्याम्पस प्रांगणमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय सांसदमा निर्वाचित सोबिता गौतम, प्रदेश ‘ख’ का सांसद शुनिल केसी र बाग्मती प्रदेशबाट समानुपातिक सांसद उर्मिला सुनुवारलाई सम्मान गरेको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल र क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले तिनै जना सांसदहरुलाई दोसल्ला, माला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन । सामुदायिक क्याम्पसको रुपमा काठमाडौंको क्षेत्र नम्बर २ को जडिबुटीमा रहेको कोटेश्वर बहुमुखी क्याम्पसको विधान अनुसार सो क्षेत्रका सांसद क्याम्पस सभा सदस्य ९सिनेट सदस्य० रहने व्यवस्था छ ।

सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले त्रिभुवन विश्वविद्यालयले मात्र विद्यार्थीको चाप धान्ने अवस्था नरहेकोले बाग्मती प्रदेशमा सामुदायिक विश्वविद्यालय स्थापना गर्नु पर्ने टड्कारो आवश्यकता रहेको जानकारी गराउदै त्यसको लागि कोटेश्वर बहुमुखी क्याम्पस उपयुक्त हुने दावी गरे ।

क्याम्पस प्रमुख कार्कीले भने, ‘सामुदायिक विश्व विद्यालय स्थापनाका लागि विधेयक बाग्मती प्रदेश सरकार समक्ष पुगिसकेको छ । त्यसलाई नव निर्वाचित सांसदहरुले यथासक्य चाडो अगाडि बढाएर पास गर्नु आवश्यक देखिएको छ । ’ उक्त विधेयक पास गर्न सांसदहरुको विशेष सहयोग हुने अपेक्षा आफुहरुको रहेको कार्कीले बताए ।

नेपाल प्राध्यापक संघ, कोटेश्वर क्याम्पस इकाई सभापति सुरेश पोखरेलले क्याम्पसमा न्यून आर्थिक अवस्था भएका चार हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको अवगत गराउदै क्याम्पसको वृति विकासमा निर्वाचित युवा सांसदहरुको पनि हातेमालो हुनु पर्ने बताए ।

नेपाल विद्यार्थी संघ, क्याम्पस इकाईका अध्यक्ष सञ्जय बुढाथोकीले विद्यार्थीको चापको अनुपातमा क्याम्पसको भौतिक संरचनाको अभाव भएकाले सांसदहरुको सहयोग र सहकार्य आवश्यक रहेको औल्याए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले युवा सांसदहरुबाट जनताले मात्र नभएर क्याम्पस परिवारले पनि ठूलो आशा राखेको बताउदै शिक्षा क्षेत्रको विकासका लागि हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा तिनै जना सांसदहरुले क्याम्पसलाई आफूहरुको रचनात्मक सहयोग रहने बताएका थिए । सो अवसरमा लोक गायक कमलीकान्त भेटुवालले गीत संगीतका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।


एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । जापानी विदेशमन्त्री खामिखावा योकोले काठमाडौंको वसन्तपुर क्षेत्रको...

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना भएको छ...

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले...

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर...