back
nepal rastra bank aniversary

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

354 

shares
nicasia bank

काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ ।

भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहेएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गरेका थिए । रासस

 


कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक दिउँसो २ बस्ने बस्ने भएको...