back
nepal rastra bank aniversary

नेप्से परिसूचकमा पहिरो

240 

shares
nicasia bank

काठमाडौं । लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

यस्तै दुई सय तीन कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ६३ लाख २६ हजार एक सय पाँच कित्ता शेयर रु दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा छिमेक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ७० लाख ७३ हजार बराबरको कारोबार भयो ।

यस्तै, एनआइसी एशिया बैंक रु सात करोड ९६ लाख ४१ हजार पाँच सय ३२, हिमालयन डिस्टिलरी रु सात करोड २१ लाख ८९ हजार तीन सय ८५, साना किसान विकास बैंक रु छ करोड ६ लाख ८७ हजार आठ सय ८४ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रु छ करोड २८ हजार आठ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये आज कूल ४० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट भएको छ । यस्तै, नेपाल हाइड्रो चार दशमलव ८२, सामलिङ पावर कम्पनी चार दशमलव ७७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ४३, प्रभु बैंकको ऋणपत्र एक दशमलव ९९ र सानिमा लार्ज क्यापका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।


एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । जापानी विदेशमन्त्री खामिखावा योकोले काठमाडौंको वसन्तपुर क्षेत्रको...

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना भएको छ...

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले...

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर...