back
nepal rastra bank aniversary

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

102 

shares
nicasia bank

खजुरा।नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् ।

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् ।

‘दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने’, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आउनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भने, ‘मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छे यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु ।’

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको रु छ सय २५ तिरेर किनेको बताए । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उनको भनाइ छ । त्यसैगरी राजापुर नगरपालिका–९ इश्वरीगञ्ज बर्दियाका हरिलाल थारूले पनि त्यति टाढाबाट नेपालगञ्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताए ।

अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् ।

उनका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ । कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उनले बताए। अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।


महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य...

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति...

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक...

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री...

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको...